११औँ चार्टर डेमा रोट्रयाक्ट क्लब अफ मणिपालको रक्तदान कार्यक्रम

पाेखरा | चैत २७, २०७९

११औँ चार्टर डेमा रोट्रयाक्ट क्लब अफ मणिपालको रक्तदान कार्यक्रम

पोखरा: रोट्रयाक्ट क्लब अफ मणिपाल  कलेज अफ मेडिकल साइन्सको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 

आइतबार मणिपाल  अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरे ।

 

क्लबको ११औँ चार्टर डेको अवसरमा कार्यक्रम गरिएको हो । रोट्रयाक्ट क्लब अफ मणिपालकी अध्यक्ष रञ्जना केसीले क्लबले विविध समयमा सामाजिक कार्यहरु गरिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन् ।

 

‘हामीले विभिन्न दिवस वा अन्य समयमा विविध सामाजिक कार्यहरु गर्दै आइरहेका छौँ । हामी मेडिकल सेक्टरकै भएको भएर विशेषतः मेडिकल फिल्डसँग सम्बन्धीत कार्यहरु गर्दै आइरहेका छौँ । आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस्ता कार्यक्रमहरु गर्नेछौँ,’अध्यक्ष केसीले भनिन् ।

 

 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्